काठमाडौँ । साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेह्दलाई हराएको छ । गएराति भएको खेलमा नासरले वेह्दालाई ४–० गोल अन्तरले हराएको हो ।
नासरको जितमा क्रिष्टियानो रोनाल्डोले ४ गोल गरेका छन् । रोनाल्डोले खेलको २१ औँ मिनेटमा पहिलो गोल गरे भने ४० औँ मिनेटमा दोस्रो । त्यस्तै, दोस्रो हाफको ५३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे र ६१ औँ मिनेटमा चौथो गोल गरे ।
जितसँगै नासर १६ खेलमा ३७ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ ।