छक्का पन्जा ४ को ट्रेलरमा राजनीतिक विषय

420 shares

काठमाडौँ । छक्का पन्जा ४ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा राजनीतिक विषयबस्तुलाई प्रस्तुत गरिएको छ ।

छक्का पन्जा पन्जा सिरिज एकदमै सफल सिरिज मानिन्छ । सोहि कारण पनि यसको पार्ट ४ बहुप्रतिक्षित बनेको छ । फिल्ममा दिपकराज गिरि, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, बेनिशा हमाल,निर शाह लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

फिल्ममा दीपेन्द्र खनियाँ र केशव न्यौपानेको लगानी छ भने केदार प्रसाद घिमिरे र निर्मल शर्मा फिल्मका कार्यकारी निर्माता हुन् ।

फिल्म फागुन १९ गतेबाट देशभर प्रदर्शन हुदैछ ।

420 shares