अनेरास्ववियु केन्द्रिय कमिटीमा दोलखाबाट तीनजना निर्वाचित

469 shares

काठमाडौँ । नेकपा एमालेको जनवर्गिय संगठन अनेरास्ववियुले फागुन २,३ र ४ गते २३ औँ राट्रिय महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनले १ सय ९९ सदस्यिय केन्द्रिय कार्यसमिति चयन गरेको छ ।

पहिलो पटक विद्युतिय भोटिङ मेसिनको प्रयोग गर्दै सम्पन्न भएको महाधिवेशनले समिक बडालको नेतृत्वमा नयाँ कार्यसमिति पाएको छ । लामो समयको पछि भएको महाधिवेशन अन्यौलताकोबिच निर्वाचनको माध्ययमबाट टुगिंएको हो ।

यो महाधिवेशनमा दोलखाबाट तीन जना अनेरास्ववियुको केन्द्रिय कमिटीमा चुनिएका छन् । राजकुमार ढुंगले र विश्वराज गुरुङ केन्द्रिय सदस्यमा निर्वाचित भए भने सुमन शिवाकोटी अनुसासन आयोग सदस्यमा निर्वाचित भएका छन् ।

469 shares