विभेदको कथामा ‘प्रसाद २’

322 shares

काठमाडौँ । राजनीतिक र पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएको छ । चैत्रको २४ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रले सामाजिक कथाबस्तुलाई उठान गरेको छ ।

अन्तरजातिय विवाहपछि आउने समस्यालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । विभेद विरुद्धको विद्रोहलाई पनि ट्रेलरमा समावेश गरिएको छ । फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भुमिकामा छन् ।
त्यस्तै, अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल लगायतका कलाकार पनि मुख्य भुमिकामा छन् ।

सुशील पौडेलको कथा रहेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन् ।

322 shares