काठमाडौँ । समसामयिक विषयबस्तुलाई समेटेर निर्माण गरिएको टेलि सिरियल ‘उफ्फ ल्याङ भो’ आजदेखि प्रशारणमा आएको छ । कमेडी शैलिमा प्रस्तुत गरिएको सिरियललाई टापु प्रोडक्सन एण्ड मिडिया प्रा.लि. ले बजारमा ल्याएको हो ।
टापु प्रोडक्सन नामक युट्युव च्यानलबाट प्रत्येक शनिबार प्रशारण हुने सिरियलमा उत्तम केसि , तारा केसि , शुशिला निरौला , शिशिर अर्याल , भिमसेन अधिकारी , पुजा कटुवाल , बेदनाथ धमला , रामचन्द्र पोख्रेल , जीवन ठाकुर , हापु केसि, बिष्णु परियार ,यम तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
सिरियलको लेखन तथा निर्देशन शिशिर अर्यालले गरेका छन् भने उत्सब पौडेलले सह निर्देशन गरेका छन् । त्यस्तै, सिरियलमा दिप्सन डङ्गोल र समर्पण रेग्मीको छायांकन रहेको छ ।
पहिलो शृङ्खला परिचयात्मक शृङ्खला रहेको र आउदो शृङ्खलामा आम दर्शक , समिक्षकबाट आएको प्रतिक्रिया मध्यनजर राख्दै कथाबस्तुलाई अगाडि बढाउने निर्माण पक्षले बताएको छ ।