16.6 C
Kathmandu
 

अनेरास्ववियुले बनायो अर्जुन खड्कालाई एन आर क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार

काठमाडौँ । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिएसँगै राजनीतिक दलका विद्यार्थी संगठनले धमाधम उम्मेदवारको टुंगो लगाउदै गएका छन् । सोहि क्रममा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले एन आर क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार टुंगो लगायको हो ।

अनेरास्ववियुले एन आर क्याम्पसमा केन्द्रिय लेखा आयोग सदस्य अर्जुन खड्कालाई स्ववियु सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । भर्खरै सम्पन्न महाधिवेशनबाट आयोग सदस्यमा निर्वाचित भएका खड्का सोहि क्याम्पसको क्याम्पस कमिटीको अध्यक्ष पनि हुन् ।

एन आर क्याम्पसका १६ राजनीतिक संघ संगठनले स्ववियु चुनावका लागि संगठन दर्ता गराएका छन्।

Get in Touch

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Posts