हरिवंशको ‘ए केटा मादलु पड्का’ सार्वजनिक (भिडियोसहित)

2.06K shares

काठमाडौँ । कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘ए केटा मादलु पड्का’ सार्वजनिक भएको छ । बिहीबार उनको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा आचार्यकै शब्द, संगीत र स्वर रहेको छ । उनलाई शान्तिश्री परियारले साथ दिएकी छिन् ।

भिडियोमा चुनावमा हुने विकृतीलाई देखाइएको छ । भिडियोमा हरिवंशको साथमा, प्रियंका कार्की, सरोज वलीको अभिनय रहेको छ । भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका छन् ।

2.06K shares