जिसस काभ्रेद्वारा लैंगिक हिंसा बिरुद्ध सडक नाटक प्रदर्शन

840 shares

काठमडौँ । जिल्ला समन्वय समित काभ्रेले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा जनचेतनामुलक सडक नाटक प्रदर्शन गरेको छ । सोमबार बनेपा बजारमा एक कार्यक्रमकाबिच लैंगिक हिंसाबिरुद्धको सडक नाटक प्रदर्शन गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, बिशिष्ट व्यक्तिहरु, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, राजनीतिकर्मि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बाल कलाकार सुप्रिम मल्ल ठकुरी, आयुषा गौतमले सांगितिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बोल्दै जिसस काभ्रेका प्रमुख दिपक गौतमले हामिले सबै प्रकारका हिंसा बिरुद्ध लड्पर्ने बताए । साथै, समाजमा प्रतिष्ठित व्यक्तिहरुलेनै हिंसा गर्ने गरेको पनि उनले बताए । सबै प्रकारका हिंसा बिरुद्ध व्यक्तिगत, समाजिक र कानुनी रुपले लड्नुपर्ने उनको धारणा थियो ।

840 shares