नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैद फैसला

5.82K shares

काठमाडौँ । साढे ३ वर्षअगाडि रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोती गाउँमा भउको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा रुकुम पश्चिम जिलला अदालतले सजाए सुनाएको छ । अदालतले घटनामा संलग्न २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

न्यायाधीश खड्गबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो । सोतीमा भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अदालतले नवराजको प्रेमिकाको बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २–२ वर्ष कैद र ५० हजार रुपैँया सजाय तोकेको छ ।

 

5.82K shares