‘दुई कदम’को ट्रेलर सार्वजनिक

616 shares

काठमाडौँ । उदय सुब्बाको निर्देशनमा बनेको चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलरमा युवापुस्ताको प्रेमकथा देखाइएको छ । अजम्बरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता तारा देवी लिम्बु रहेका छन् । फिल्ममा दयाराम घिमिरेको कथा तथा पटकथा रहेको छ ।

मंसिर २९ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

 

616 shares