आगामि जेठ १८ मा दयाहाङको ‘गाउँ आएको बाटो’

1.3K shares

काठमाडौँ । बिभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा चर्चा कमाएको चलचित्र ‘गाउँ आएको बाटो’ आगामि जेठ १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार एक पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तोकेको हो ।

नबीन सुब्बाले निर्देशन गरेको फिल्म टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल, बुसन इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रदर्शन भैसकेको छ । भोजपुरको ग्रामिण भेगमा छायांकन भएको फिल्ममा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा गाउँमा सडक पुगेपछिको कथा देखाइएको छ । फिल्मलाई अमेरिकी छायाँकार मार्किन कापरोनले खिचेका हुन् । फिल्मको कथा महेश राई र निर्देशक सुब्बाले लेखेका हुन् ।

 

1.3K shares