‘सतीदेवी’ले पायो युनिभर्सल सर्टिफिकेट

1.08K shares

काठमाडौँ । सामाजिक कथामा निर्माण गरिएको चलचित्र ‘सतीदेवी’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । शुक्रबार सिनेमाले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको हो ।

लक्ष्मण सुवेदीले निर्देशन गरेको फिल्मको फर्स्टलुक पोष्टरले बजारमा राम्रै चर्चा पाएको थियो । फिल्मको कथा तथा पटकथा पनि निर्देशक सुवेदीकै रहेको छ ।

फिल्मको मुख्य भुमिकामा मलिमा महत रहेकी छन् । फिल्मलाई दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा गरिएको हो ।

1.08K shares