रोनाल्डोले खेले करियरको १२ सयौँ खेल

1.47K shares

काठमाडौँ । पोर्चुगिज खेलाडि क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको १२ सयौँ खेल खेलेका छन् । हाल साउदी क्लब अल नासरबाट खेलिरहेका उनले अल रियाविरुद्ध खेल्दै करियरको १२ सयौँ खेल पुरा गरेका हुन् । उक्त खेलमा उनले एक गोल र एक असिस्ट गरे ।

रोनाल्डोले यस सिजनको साउदी प्रो लिगमा १५ खेलमा १६ गोल गरेका छन् । उनि सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् । इंग्ल्याण्डका पूर्व गोलकिपर पिटर सिल्टजले व्यावसायिक खेल जीवनमा १ हजार ३८७ खेल खेलेका छन् ।

1.47K shares