प्रदिपको ‘एक्टर’ २०२५ मा आउने

1.68K shares

काठमाडौँ । चलचित्र ‘प्रेमगीत ३’ पछि चुपचाप रहेका अभिनेता प्रदिप खड्काको धमाधम नयाँ फिल्महरु घोषणा भइरहेका छन् । उनको दिनेश राउतसँग ‘पूजार सार्कि’ र बलिउड फिल्म ‘ऐरी’ घोषणा भइसकेको छ । यस्तैमा उनको नयाँ फिल्म ‘एक्टर’ पनि घोषणा भएको छ ।

राजन भुषालको निर्देशन रहने फिल्मलाई अदृत फिल्मस ले निर्माण गर्देछ । फिल्मको सार्वजनिक फर्स्टलुकमा अन्य कुराहरुको बारेमा खुलासा गरिएको छैन । फिल्म २०२५ मा प्रदर्शन हुने जनाइएको छ ।

1.68K shares