दिनेशको ‘पूजार सार्की’मा भित्रिए पल

812 shares

काठमाडौँ । निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘पूजार सार्की’को लाइनअप एकदमै बलियो देखिएको छ । फिल्ममा प्रदीप खड्का र आर्यन सिग्देल अनुबन्धित भइसकेका छन् । भर्खरै फिल्मको मुख्य भुमिकामा पल शाह अनुबन्धित भएका छन् ।

जेलबाट निस्केपछि ‘मायावी’को छायांकन सकाएका पलले दिनेश राउतसँग ‘पूजार सार्की’मा सहकार्य गर्ने भएका हुन् । जेलबाट छुटेपछि नै दिनेश सँग पलले सहकार्य गर्न खोजेका थिए ।

फिल्मको लाइनअप हेर्दा दर्शकलाई हलसम्म तान्न सक्ने देखिन्छ । उसो त दिनेश आफैँमा अब्बल निर्देशक हुन् ।

फिल्मको लेखक विकास सुवेदी रहेका छन् । सुवेदीले यसअगाडि ‘प्रकाश’ लेखेका थिए । फिल्मलाई दिनेशले नै निर्देशन गरेका थिए । फिल्ममा अन्य कलाकार को हुने भन्ने खुलाइएको छैन ।

माघ पहिलो हप्ताबाट छायांकनमा जाने फिल्ममा जातिय मुद्दालाई उठाइने जनाइएको छ ।

 

812 shares