काममा फर्किए प्रकाश घिमिरे

1.51K shares

काठमाडौँ । तिहार अगाडि घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भिर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किएका छन् । उनि डेढ महिनापछि फिल्म ‘महाजात्रा’को सेटमा देखिएका हुन् ।

उनि शनिबारबाट महाजात्राको छायांकनमा उपस्थित भएका हुन् । उनि घाइते भएको बेला फिल्मको निर्माण टिमले बौद्ध विधिअनुसार पूजा गराएको थियो । पछिल्लो समयको व्यस्त र डिमान्डेड अभिनेता हुन् प्रकाश ।

प्रदिप भट्टराईको निर्देशन रहेको महाजात्रा चैत्र ९ गतेबाट प्रदर्शनमा आउनेछ । फिल्ममा अघिल्ला दुई पार्टलाई दर्शकले एमदमै रुचाएका थिए । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउतरविन्द्र झा, रविन्द्र सिंह बानियाँ, फिल्ममा शिशिर बाङ्देल, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव पन्त, सुमन कार्की, गौमाया गुरुङ लगायतको अभिनय रहेको छ ।

1.51K shares