गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

वि.सं.२०८० मंसिर २४ आइतवार ०८:५७
1.26K
shares

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत उनि आज डिस्चार्ज भएका हुन् ।
उनको स्वास्थ्यमा सुधार आएकोले चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिए। अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

वि.सं.२०८० मंसिर २४ आइतवार ०८:५७
1.26K
shares