अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

1.17K shares

काठमाडौँ । एसीसी यू–१९ कप एकदिवसीय क्रिकेट प्रतियोगिको आइतबार भएको खेलमा अफगानिस्तानले नेपाललाई २ सय ६२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा ९ विकेट गुमाएर २ सय ६१ रन जोडेको हो ।

अफगानिस्तानका लागि जमसिद जदरानले शतकीय योगदान दिए । त्यस्तै, नुमन शाह अघाले ६० रन जोडे , रहिमुल्लाह जुरमातीले ३५ रन, वफिउल्लाह तराखिलले १५ रनको योगदान टिमलाई दिए ।

नेपाली खेलाडि गुल्सन झा, हेमन्त धामी र सुवास भण्डारीले दुई–दुई विकेट लिए । त्यस्तै, आकाश चन्द र दीपेश कँडेलले पनि एक–एक विकेट हात पारे ।

1.17K shares