तृषामाथि मंसूर अलीले हाले मानहानीको मुद्दा

1.7K shares

काठमाडौँ । दक्षिण भारतीय अभिनेता मंसूर अली खानले अभिनेत्री तृषा कृष्णनमाथि मानहानीको मुद्दा हालेका छन् । खानले सामाजिक संजालमा भएको अपमानजनक टिप्पणीलाई लिएर मुद्दा हालेका हुन् ।

खानले तृषामाथि भद्दा टिप्पणी गरेका थिए । उक्त टिप्पणीपछि अन्य कलाकार खुसबु सुन्दर, चिरञ्जीवीलगायतका कलाकारले तृषाको साइड लिएका थिए । उनिहरुलाई पनि मंसुरले मुद्दामा जोडेका छन् । मंसुरले घटनाको बास्तविकता नबुझिकन सबैले अपमानजनक टिप्पणी गरेको आरोप लगाएका छन् ।

यो घटनाको सुरुवात मंसूरले तृषासँग बलात्कारको सिन शुट गर्ने इच्छा भएको भन्दै दिएको अन्तवार्ताबाट सुरु भएको थियो । यो अन्तवार्तापछि उनको अभिव्यक्तिको सर्वत्र आलोचना भएको थियो । सबैतिर आलोचना भएपछि मंसूरले तृषासँग माफि पनि मागेका थिए । तृषाले पनि माफि दिएकि थिइन् ।

 

1.7K shares