१७ वर्षे किशोरले पोखराबाट बस चोरेर चितवन पुर्याएपछि…

वि.सं.२०८० मंसिर २४ आइतवार १२:४८

काठमाडौँ । एक किशोरले पोखराबाट बस चोरी गरेर चितवन पुर्याएका छन् । तनहुँ जिल्ला म्याग्दे गाउँपालिका वडा नम्बर ३ निवासी १७ वर्षिया किशोरले बस चोरेर चितवन पुर्याएका हुन् ।
उनलाई प्रहरीले चितवनको आँपटारीबाट पक्राउ गरेको छ । पोखराको पृथ्वीचोकमा पार्किङ गरेर राखेको ग.१ ख. ९६३८ नम्बरको बस मंसिर २२ गते शुक्रबार देखि हराएको थियो। पार्किङमा राखेको बस हराएपछि प्रहरीमा उजुरी परेको थियो ।
खोजतलासको क्रममा प्रहरीले चितवनको भरतपुर लैजाँदै गरेको अवस्थामा किशोरलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। उनका अनुसार किशोर आफैले चलाएर बस भरतपुरको आँपटारीतर्फ लैजाँदै थिए।
प्रहरीले किशोरसहित बसलाई नियन्त्रणमा लिएको छ। चोरी आरोपमा पक्राउ परेका किशोरलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०८० मंसिर २४ आइतवार १२:४८