एसी मिलानसँग न्युक्यासल पराजित

1.13K shares

काठमाडौं। यूईएफए च्याम्पियन्स लिग फुटबलमा एसी मिलानले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ । समूह एफ अन्तर्गतको गएराति भएको खेलमा खेलमा एसी मिलानले २ –१ को जित निकालेको हो।

यो हारसँगै न्युक्यासल समूह चरणबाटै बाहिरिएको छ। मिलानका जोइलिघंटन र सामुयल चुकवुजले एक–एक गोल गरेका थिए । यस्तै, न्युक्यासलका क्रिष्टियन पुलिसिकले एक गोल फर्काएका थिए।

यो जितसँगै एसी मिलान ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ। यस्तै, शीर्ष स्थानको डर्टमन्डको ११ अंक छ भने दोस्रो स्थानको पीएसजीको ८ अंक रहेको छ।

1.13K shares