आजबाट काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध

1.6K shares
ishwor movie

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र आज मंसिर २८ गतेदेखि सुर्तीजन्य पदार्थको बेचबिखनमा पूर्ण प्रतिबन्ध लगाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै महानगरले महानगरभित्रका सबै पसलमा अनुगमन गरिने र अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ पाए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटे पसल नै बन्द गर्ने गरिदिने जानकारी दिएको छ ।

यसका लागि महानगरले महानगरका ४ क्षेत्रमा १० जना गरी पहिलो चरणमा ५० जना नगरप्रहरी र सादा पोशाकका प्रहरी परिचालन गर्नेछ । त्यस्तै, महानगरले सार्वजनिक स्थलमा धूम्रपान गरेको पाइए उक्त स्थानबाट बाहिर निकाल्ने र सय रुपैयाँसम्म जरिवाना गराउने छ ।

काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ सुर्तीजन्य पदार्थ (निरुपण र नियमना)ऐन २०६८ को दफा ११ अनुसार यो व्यवस्था लागु गर्न लागेको महानगरले जनाएको छ ।

1.6K shares