प्राधिकरणले गर्यो ३ इन्टरनेट कम्पनीको अनुमतिपत्र खारेज
वि.सं.२०८० मंसिर २८ बिहीवार ०३:१६
2.38K
shares
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले तीन कम्पनीको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले युटिएल, म्याक्सनेट, चितवन नेटवर्क प्रालिको इमेलसहितको अनुमतिपत्र खारेज गरेको हो ।
खारेज भएका तीन वटै सेवा प्रदायकहरुले अनुमतिपत्र नवीकरण गरेका थिएनन् । युटिएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए । ती अनुमति पत्र पाँच वर्षपछि नवीकरण गर्नुपर्थ्यो ।
तोकिएको समयावधिभित्र नवीकरण नगरेपछि ती कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।
वि.सं.२०८० मंसिर २८ बिहीवार ०३:१६
2.38K
shares