‘परस्त्री’ हिन्दी भाषामा एमएक्स प्लेयरमा रिलिज

966 shares

काठमाडौँ । नेपाली फिल्म ‘परस्त्री’को हिन्दी संस्करण ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । बिहीबार भारतीय ओटीटी प्लाटफर्म एमएक्स प्लेयरमा फिल्म रिलिज भएको हो ।

गत असारमा हलमा प्रदर्शनमा आएको फिल्मले राम्रो चर्चा बटुले पनि फ्लप भएको थियो । नेपाली र हिन्दी भाषामा निर्माण गरिएको फिल्म अब एमएक्स प्लेयरमा निशुल्क हेर्न सकिनेछ ।

सुरज पाण्डेले निर्देशन गरेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका थिए । फिल्ममा शिल्पा मास्के, गौरव विष्ट र कोसिस क्षेत्रीको शीर्ष भूमिका रहेको छ ।

966 shares