‘दान्भी’को टिजर सार्वजनिक

1.5K shares

काठमाडौँ । अभिनेत्री पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’को टिजर सार्वजनिक भएको छ । बिहीबार फिल्मको टिजर सार्वजनिक भएको हो ।

प्रदर्शन मिति तय नभएको फिल्मको टिजरमा पूजा शर्मालाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । टिजरमा पूजाको साथमा नायक कुन्साङ बोमजनलाई पनि देखाइएको छ ।

देव मगर र अनुप गडालको लगानी रहेको फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका छन् ।

 

 

 

1.5K shares