बलात्कार आरोपमा माओवादी नेता पक्राउ

833 shares

काठमाडौँ । प्रहरीले बलात्कारको आरोपमा माओवादी नेता भूमिनन्द देवकोटालाई पक्राउ गरेको छ । गोरखाका माओवादी नेतालाई प्रहरीले बानेश्वरमा परेको जाहेरीको आधारमा पक्राउ गरेको हो ।

देवकोटाको काठमाडौं–३२, पेप्सिकोलाको घरमा बसेकी १७ वर्षिया किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन् । किशोरीलाई देवकोटाले एक वर्षदेखि जबरजस्ती करणी गर्दै आएको जाहेरीमा उल्लेख छ ।

सोही किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पेप्सिकोला बस्ने २७ वर्षीय दिपेश नेपालीलाई पनि पक्राउ गरेको छ । देवकोटा र नेपालीले फरक फरक समयमा बलात्कार गरेको जाहेरी परेको प्रहरीले जनाएको छ । दुवैलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

 

833 shares