३८ अंकले बढ्यो नेप्से

1.1K shares

काठमाडौँ । सोमबार पूँजीबजार बढेको छ । साताको दोस्रो कारोबार दिने नेप्से ३८ अंकले बढेर २०६० विन्दुमा पुगेको हो ।

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । बजारमा ६ अर्ब ८६ करोड रुपैँया बराबरको कारोबार भयो । सोमबार कुल १६५ कम्पनीको मूल्य बढ्दा ७२ को घट्यो भने ५ को स्थिर रह्यो ।

आज बजारमा माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ५.५ प्रतिशत बढ्यो । त्यसतै बैंकिङ २.०, विकास बैंक १.८, फाइनान्स २.५, होटल तथा पर्यटन ३.२, लगानी ३.१, उत्पादन २.८, अन्य १.६ र ब्यापार समूह ०.८ प्रतिशतले घट्यो ।

आज ९ कम्पनीको मूल्यामा सकरात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु, सूर्याज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, बीपीडब्लू लघुवित्त, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त, धौलागिरी लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको हो ।

बजारमा हिमालयन पावर पार्टनर,दोल्ती पावर, अपर स्याङ्गेको, मोदी इनर्जी र माइखोला हाइड्रोपावरको शेयर मूल्य घटेको छ ।

1.1K shares