त्रिविले बनायो विश्व कीर्तिमान

1.46K shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा विश्व कीर्तिमान बनाएको छ । समारोहमा सबैभन्दा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको हो ।

दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औँ दीक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ ।

यो संख्या कुनै पनि विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित भएको सबैभन्दा धेरै संख्या हो । यसका लागि अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन ९ओडब्लुआर०ले त्रिविलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।

1.46K shares