एकसाथ फिल्म गर्दै सनी देओल र सलमान खान

728 shares

काठमाडौँ । बलिउड अभिनेता सनी देओल र सलमान खान एकसाथ फिल्ममा देखिने भएका छन् । देओल र खान फिल्म ‘सफर’ मा एकसाथ देखिन लागेका हुन् ।

यो वर्ष देओल अभिनित ‘गदर २’ले बक्सअफिसमा राम्रो कमाई गर्यो । दर्शकहरुलाई देओलको नयाँ फिल्मको प्रतिक्षा रहेको देखिन्छ । यस्तैमा उनले नयाँ फिल्मको काम अगाडि बढाएका हुन् ।

सफर मा सलमानको केमियो भूमिका रहने जनाइएको छ । फिल्मको छायांकन २०२४ को जनावरीबाट सुरु हुनेछ । सनी र सलमान एकदमै मिल्ने सथि हुन् । दुवैले ‘जीत’मा एकसाथ काम गरेको थिए ।

 

728 shares