बल्ल बल्ल विक्कीको ‘सैम बहादुर’ सय करोड क्लबमा प्रबेश

966 shares

काठमाडौँ । अभिनेता विक्की कौशल अभिनित ‘सैम बहादुर’ सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्म ‘एनिमल’को दबदबाकाबीच ‘सैम बहादुर’ले आफुलाई अब्बल सावित गरेको छ ।

‘सैम बहादुर’ र ‘एनिमल’ एकसाथ प्रदर्शनमा आएका थिए । ‘एनिमल’ले बक्सअफिसमा सुनामी ल्याइरहँदा ‘सैम बहादुर’ चपेटामा परेको थियो । तर, कन्टेन्टका कारण फिल्मले आफुलाई बचाएको छ ।

विक्कीलाई यो वर्ष फापेको देखिन्छ । उनको यसै वर्ष प्रदर्शनमा आएको ‘जरा हट्के जरा बच्के’ पनि सुपरहिट बनेको थियो । ‘सैम बहादुर’ पनि हिट बनेको छ । केहि दिनपछि उनको ‘डंकी’ प्रदर्शन हुँदैछ ।

मेघना गुलजारको निर्देशनमा बनेको ‘सैम बहादुर’लाई क्रिटिक्स र दर्शकको राम्रो सर्पोट मिलिरहेको छ । विक्कीको अभिनयको पनि उत्तिकै तारिफ भइरहेको छ ।

५० करोड भारुमा बनेको फिल्मले अझै कमाइ गर्ने निश्चित रहेको छ ।

 

966 shares