फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

1.18K shares

काठमाडौँ । आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैँया कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैँया कायम भएको छ ।

1.18K shares