‘सलार’को दोस्रो ट्रेलर सार्वजनिक

756 shares

काठमाडौँ । बहुप्रतिक्षित दक्षिण भारतीय चलचित्र ‘सलार’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । सोमबार फिल्मको दोस्रो ट्रेलर सार्वजनिक भएको हो ।

सुपरस्टार प्रभासको कमब्याक हुने मानिएको ‘सलार’को अग्रिम टिकट बुकिङमा पनि उत्साह देखिएको छ । फिल्म शाहरुख खानको ‘डंकी’सँग क्ल्यास हुँदैछ ।

दुई मिल्ने साथिको मित्रता र दुश्मनी ट्रेलरमा देखाइएको छ । प्रशान्त निलले निर्देशन गरेको फिल्मलाई लिएर चौतर्फि चर्चा रहेको छ । सलार केजीएफ युनिभर्ससँग कसरी जोडिन्छ या जोडिदैन भन्ने पनि दर्शकहरुमाझ चासो रहेको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्ममा प्रभास, सुकुमारण, श्रुति हसन लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई होम्बल फिल्मसको व्यानरमा निर्माण गरिएको हो ।

 

 

 

756 shares