नाडाको अध्यक्षमा करण चौधरी सर्वसम्मत

665 shares

काठमाडौँ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन् । मंगलबार भएको छलफलपछि करणको नाममा सहमति जुटेको हो ।

अध्यक्षका अर्का आकांक्षी आकाश गोल्छाले करणको नाममा समर्थन दिएपछि सहमति जुटेको हो । नाडाको ४७ औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ ।

665 shares