एनिमलः अष्ट्रेलिया र क्यानडामा धेरै कमाइ गर्ने पहिलो हिन्दी फिल्म

749 shares

मुम्बइ । बलिउडको एक्शन थ्रिलर फिल्म एनिमलको क्रेज अन्त्य हुन सकेको छैन । सन्दीप रेड्डीको निर्देशनमा बनेको यो फिल्मले भारतमा मात्रै होइन देशबाहिर पनि हलचल मचाएको छ । अब यसले नयाँ नयाँ रेकर्ड बनाएको छ । एनिमल फिल्मले अस्ट्रेलिया र क्यानडामा हालसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र बनेको एनिमल फिल्मले सामाजिक सञ्जालमा जानकारी दिएको छ । यसअघि यो स्थिति शाहरुख खानको फिल्म पठानको नाममा थियो ।

एक रिपोर्ट अनुसार, एनिमल फिल्मले अष्ट्रेलियामा लगभग ४७ लाख ५० हजार डलर र क्यानडामा लगभग ६१ लाख ३५ हजार डलर कमाई गरेको छ । यो कमाइ रिलीजको १८ दिन भित्रको हो ।यो चलचित्र हलमा आएको १८ दिन भैसकेको छ र अझै पनि यो चलचित्र हेर्नको लागि ठूलो संख्यामा दर्शक हलमा पुगिरहेका छन् । रणवीर कपूर र बबी देओलको यो फिल्म ‘साम बहादुर’ फिल्मसँगै डिसेम्बर १ मा सिनेमाघरमा रिलिज भएको थियो ।

रणवीर र बबीको यो फिल्म हिन्दी बाहेक तमिल र तेलुगु भाषामा पनि रिलिज भएको छ । तमिल भाषामा फिल्मको कलेक्शन राम्रो थियो तर हिन्दी र तेलुगुमा फिल्मले ठूलो कमाइ गरेको थियो । आइतवार अर्थात १७ औं दिन फिल्मको कमाई करिब १३.५ करोड रहेको थियो भने सोमबार पनि राम्रो कमाई गरेको थियो । अहिले सम्म हिन्दी भाषामा ४६९.७९ करोड कमाइसकेको बताइएको छ ।

749 shares