‘पर्खी बसें तिमीलाई’ को दुई पोस्टर सार्वजनिक

वि.सं.२०८० पुस ४ बुधवार ११:०६
1.76K
shares

काठमाडौँ । पौष २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ । पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।
दीपक श्रेष्ठको निर्देशनमा बनेको चलचित्र मार्फत दुई नयाँ कलाकार किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । श्रेष्ठले पर्खी बर्से मार्फत राजबल्लभ कोइराला र युना उप्रेतीलाई रजतपटमा डेब्यू गराएका थिए ।
प्रेम कथामा बनेको चलचित्रलाई लिएर निर्देशक श्रेष्ठ आशावादी देखिएका छन् । केहि समयअगाडि फिल्मको गीत रिलिज भएको थियो । गीतले पनि राम्रो रेस्पोन्स पाएको थियो ।

वि.सं.२०८० पुस ४ बुधवार ११:०६
1.76K
shares