३२ अंकले घट्यो नेप्से

1.02K shares

काठमाडौँ । एक सातादेखि बढेको नेप्सेमा बिहीबार करेक्सन आएको छ । आज नेप्से ३२ अंकले घटेर २१०९ विन्दुमा कायम भएको हो ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ७ अर्ब ९५ करोडको कारोबार भएको पूँजीबजारमा आज ७ अर्ब २७ करोड रुपैँया बराबरको कारोबार भयो ।

बजारमा ५० कम्पनीको शेयर मूल्य बढ्यो भने १९१ कम्पनीको शेयर मुल्य घटेको छ । ३ कम्पनीको शेयर मुल्य भने स्थिर रह्यो ।

उत्पादन र ब्यापार बाहेकका सबै समूहको शेयर मूल्य घटेको छ । नेप्से घट्दा पनि १० कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बीपीडब्लू लघुवित्त, चिरख्वा हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया, माण्डु हाइड्रोपावर र नेपाल वेयरहाउजिङ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

सूर्याज्योति लाइफ इन्स्योरेन्सको, उन्नति सहकार्य लघुवित्त, गरिमा विकास बैंक, युनियन हाइड्रोपावर, घलेम्दी हाइड्रो, नेरुडे लघुवित्त, लगायतका कम्पनीको शेयरमूल्यमा अत्याधिक गिरावट आएको छ ।

 

1.02K shares