चाडपर्वको नाममा विद्यार्थीलाई जथाभावी पोशाक किन्न बाध्य पारिए महानगरले कारवाही गर्ने

560 shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई चाडपर्वमा विद्यालयले विद्यालयको पोसाक बाहेक अन्य पोसाक किन्न बाध्य पारे कारवाही गर्ने चेतावनी दिएको छ । महानगरले एक सूचना जारी गर्दै विद्यार्थीलाई जथाभावी पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ ।

प्राइभेट विद्यालयहरुले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई जथाभावी पोसाक किन्न बाध्य पारिएका गुनासो आएको महानगरले जनाएको छ । सो अनुसार कोहीकसैले महानगरको परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम सजाय गरिने महानगरले चेतावनी दिएको छ ।

560 shares