‘राजमहल’ बाट फिल्ममा डेब्यु गर्दै मिस पवि

1.11K shares

काठमाडौँ । अनलाइन प्लेटफर्म टिकटकबाट चर्चामा आएकी टिकटकर मिस पवि (पवित्रा शाँकी) ले फिल्ममा डेब्यु गर्ने भएकी छन् । उनले फिल्म राजमहल बाट डेब्यु गर्ने भएकी हुन् ।

दरबारको कथामा निर्माण हुने चलचित्रलाई सविन कुमार तोलांगीले निर्देशन गर्ने भएका छन् । तेलांगीको पनि यो डेब्यु निर्देशन हो ।

चार करोड बजेटमा बन्ने दाबि गरिएको फिल्मको छायांकन माघ पहिलो साताबाट हुनेछ । फिल्ममा रमेश उप्रेती, आँचल शर्मा, मिस पवि लगायतको अभिनय रहनेछ ।

1.11K shares