एनटिसीले बोलायो साधारण सभा

630 shares

काठमडौँ । नेपाल टेलिकम लिमिटेडले साधारणसभा बोलाएको छ । टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो।

टेलिकमले पुस २९ गते राष्ट्रिय सभा गृहमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १९ गते बुकक्लोज मिति तोकेको छ । पुस १८ गतेसम्म कायम शेयरधनिले लाभांश प्राप्त गर्नेछन् ।

नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

630 shares