एलिना चौहान र बसन्त थापाको ’सुन ठिटा हो’ गीत सार्वजनिक (भिडिओ)

903 shares

काठमाण्डौं । गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो।

सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विक ले संगीत संयोजन गरेका छन्। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालीको नृत्य छ ।

हमालको यसअगाडि ठुली परि भिर गीत लोकप्रिय भएको थियो । सुनिल भण्डारीको छायांकन गरेको गीतको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका छन्।

गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् । गीतको भिडियोलाई टंक कार्की छिमेकीले लगानी गरेका हुन ।

 

903 shares