‘गाउँ नै रमाइलो’मा मिरुनाको इन्ट्रि

945 shares

काठमाडौँ । दिनेश राउतको निर्देशनमा बन्ने चलचित्र ‘गाउँ नै रमाइलो’मा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन् । उनले निर्माण टिमसँग कागजी सम्झौता गरिसकेकी छन् ।

फिल्मको विषयबस्तुबारे केहिपनि नखुलाईएको चलचित्रमा यसअगाडि दयाहाङ राई, आर्यन सिग्देल, बुद्धि तामाङ अनुबन्धित भइसकेका छन् ।

निर्देशक राउतले पहिला ‘पूजार सार्की’को निर्देशन सकेर यो फिल्मको निर्देशन गर्नेछन् । आगामि वर्षको मध्यतिर चलचित्र रिलिज गर्ने तयारी निर्माण टिमको रहेको छ ।

 

945 shares