हिमालयन रि–इन्स्योरेन्सको आइपिओ नेप्सेमा सुचिकृत, ओपनिङ रेञ्ज कति ?

1.09K shares

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ नेप्सेमा कारोबारको लागि सुचिकृत भएको छ । कम्पनीको कुल १० करोड कित्ता शेयर सुचिकृत भएकोहो । जसमध्ये ३ करोड कित्ता सर्वसाधारण शेयर रहेको छ भने बाँकी संस्थापक शेयर रहेको छ ।

नेप्सेले पहिलो कारोबारको लागि १०३.०७ रुपैयाँ देखि ३०९.२१ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ । कारोबार संकेत एचआरएल रहेको छ । भोलि सोमबारबाट यस कम्पनीको शेयर दोश्रोबजारमा कारोबार हुनेछ ।

कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको थियो ।

1.09K shares