‘पूजार सार्की’को वर्कशपमा प्रदीप, आर्यन र पल

644 shares

काठमाडौँ । दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘पूजार सार्की’को वर्कशपको फोटो सार्वजनिक भएको छ । फोटोमा फिल्मका मुख्य कलाकारहरु वर्कशपमा व्यस्त देखिन्छन् ।

फिल्मको कास्टिङका कारण फिल्मको चर्चा सबैतिर भइरहेको छ । यहि फिल्मबाट कुनै बेलाका चर्चित नायक आर्यन सिग्देल कमब्याक गर्दैछन् । त्यस्तै, पल शाहका लागि पनि फिल्म करिअरको टर्निङ पोइन्ट सावित हुनसक्छ । अर्का अभिनेता प्रदीप खड्कालाई आफ्नो जादु फेरि एकपटक छर्ने चुनौती देखिन्छ ।

यस्तो अवश्थामा निर्देशक राउतले चुनौति मोलेर अवसरको सदुपयोग गर्न सक्छन् कि सक्दैनन् त्यो भने हेर्न बाँकी नै छ । हाल फिल्मको वर्कशप धमाधम भइरहेको छ । वर्कशपमा फिल्मका मुख्य नायिकाहरू अन्जना बराइली र परीक्षा लिम्बु पनि सहभागि छन् ।

फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । सुवेदी र निर्देशक राउतले यसअगाडि ‘प्रकाश’मा सहकार्य गरेका थिए ।

 

644 shares