घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

854 shares

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैँयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैँया रहेको छापावाल सुनको मूल्य सोमबार १ लाख १८ हजार ८ सय रुपैँया कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य १ लाख १८ हजार २ सय ५० रुपैँया कायम भएको छ ।

बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैँया कायम भएको छ ।

854 shares