५० लागे ऋतिक रोशन, कति छ सम्पति ?

644 shares

काठमाडौँ । बलिउड अभिनेता ऋतिक रोशन ५० वर्ष पुगेका छन् । २४ वर्षदेखि बलिउडमा काम गरिसकेका ऋतिकले एकसेएक फिल्महरुबाट दर्शकलाई मनोरन्जन प्रदान गरेका छन् ।

यो वर्षको सुरुवातमै उनको फाइटर प्रदर्शनमा आउँदैछ । पछिल्लो १० वर्षमा उनले ६ फिल्ममा मात्र काम गरेका छन् । ति मध्ये उनको मोहनजोदारो मात्र फ्लप भएको छ । एक्टिङ, फिटनेस, डान्स र आकर्षक लुक्सका धनि छन् ऋतिक ।

उनि हाल सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकारको सूचिमा छैटौँ नम्बरमा रहेका छन् । उनको कुल सम्पति ३११७ करोड भारु रहेको छ । उनि भारतको धनि कलाकारको सूचिमा तेस्रो नम्बरमा रहेका छन् । उनले कमाईको मामिलामा सलमान खान र अक्षय कुमारलाई समेत पछाडि पारेका छन् ।

कहोना प्यार है बाट बलिउडमा पाइला चालेका उनको करिअर उतार चढावले भरिएको छ । पछिल्लो १० वर्षमा उनको वारले सबैभन्दा धेरै ४७५ करो भारुको कमाई गरेको छ । उनको २०१३ मा प्रदर्शन भएको कृष ३ ले ३९३ करोड भारु कमाएको थियो ।

यहि महिना प्रदर्शनमा आउने फाइटरमा सबैको नजर परेको छ । एरिअल एक्सन फिल्म अनि ठुलो स्टारकास्टले भरिपुर्ण फिल्मले बक्स अफिसमा तहल्का मच्चाउने अनुमान गरिएको छ । फिल्ममा उनको साथमा दिपिका पादुकोण, अनिल कपुर लगायतका कलाकार रहेका छन् । यसपछाडि उनिसँग् वार २ मात्रै रहेको छ । फिल्म वारको सिक्वेल हुनेछ । फिल्ममा उनलाई जुनिअर एनटिआरले साथ दिनेछन् ।

अब उनको कुल नेटवर्थको बारेमा कुरा गरौँ । मिडिया रिपोर्टका अनुसार उनको कुल सम्पति ३११७ करोड भारु रहेको छ । उनि एक फिल्मको लागि ७५ देखि १०० करोड भारु लिन्छन् । यसबाहेक ब्राण्ड इन्डोर्समेन्टका लागि उनि ८ देखि १५ करोड भारु लिन्छन् ।

644 shares