लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

917 shares

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य तीन दिन देखि लगातार घटिरहेको छ । बुधबार पनि सुनको मूल्य प्रतितोला १ सय रुपैँयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय रुपैँया कायम भएको छ । बजारमा तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैँया कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य आज प्रतितोला १४ सय १० रुपैँया कायम भएको छ ।

917 shares