‘एक्टर’ मा प्रदीपको जोडी आना शर्मा

910 shares

काठमाडौँ । चलचित्र ‘एक्टर’का लागि मुख्य अभिनेत्रीमा आना शर्मा फाइनल भएकी छन् । निर्माण टिम र आनाबिच कागजी सम्झौता समेत भइसकेको छ ।

केहि समय चुपचाप रहेका अभिनेता प्रदीप खड्का लगातार फिल्म साइन गरिरहेका छन् । हाल ‘पूजार सार्की’को वर्कशपमा व्यस्त रहेका खड्काले यसपछाडि एक्टरमा काम गर्नेछन् । उनको जोडीको रुपमा आनालाई भित्र्याइएको हो । प्रदीप र आनाले पहिलोपटक एकसाथ काम गर्न लागेका हुन् ।

केहि महिनापछि फ्लोरमा जाने चलचित्रको निर्देशन राजन भुसाल ले गर्नेछन् । फिल्मलाई २०२५ मा प्रदर्शन गर्ने तयारी निर्माण पक्षको रहेको छ ।

910 shares