जोगीका घरमा ३ करोड हुन्छ, भोगीका घरमा कति होला ?

931 shares

काठमाडौँ । केन्द्रीय अनुसन्धन ब्युरो (सीआईबी)ले रामबहादुर बम्जनलाई मंगलबार साँझ घरबाटै पक्राउ गरेको थियो । उनै बम्जनको घरबाट आज प्रहरीले ३ करोड ३४ लाख नगद, १४ वटा मोबाइल, २ गाडी र ४ मोटरसाइकल बरामद गरेको छ ।

बम्जनको घरबाट यति धेरै पैसा भेटिएपछि कलाकार दीपकराज गिरीले चोटिलो व्यंग्य प्रहार गरेका छन् । उनले ‘जोगीको घरमा तीन करोड हुन्छ, भने भोगीको घरमा कति होला ?’ भनेर लेखेका छन् ।
गिरीको पुरा स्ट्याटस यस्तो छ , ‘पैसा कहाँ गयो ? पैसा कहाँ गयो ? अर्थविद्हरू चिन्ता गर्दथे क्यार, जोगीको घरमा तीन करोड हुन्छ, भने भोगीको घरमा कति होला ?’

931 shares