सलारको गीतपछि मेनुका पौडेलको ‘बादलु माथि’ सार्वजनिक

847 shares

काठमाडौँ। भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ मा तहल्का मच्चाइरहेकी नेपाली चेली मेनुका पौडेलको नेपाली गीत ‘बादलु माथि’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा शिवाकोटी र मेनुकाको स्वर रहेको छ ।

मेनुका अहिले इन्डियन आइडलको उत्कृष्ट ११ मा पुगेकी छन् । शो मा हुँदा हुँदै उनले प्रभासको फिल्म सलारको लागि गीत गाएकी थिइन् ।

उनको नयाँ गीतलाई रेबेल क्रियशनले बजारमा ल्याएको हो ।

 

847 shares