अनेरास्ववियु सुदुरपश्चिमको अध्यक्षमा मनोज राई

434 shares

काठमाडौँ । नेकपा एमालेको जनवर्गिय संगठन अनेरास्ववियुको सुदुरपश्चिम प्रदेश अध्यक्षमा मनोज राई चयन भएका छन् । बुधबार भएको प्रथम प्रदेश अधिबेशनबाट राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

अधिवेशनले उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह, सचिवमा कमल रोकायालाई चयन गरेको छ । यस्तै सहसचिवमा यसोदा थापा, पुष्कर दौल्याल, नरेन्द्र साउद र कोषाध्यक्षमा जेबी कुँवरलाई चयन गरेको छ ।

अधिवेशनको उदघाटन अनेरास्वबियुका अध्यक्ष समिक बडालले गरेका थिए ।

434 shares